वडा वाल संरक्षण तथा सम्वद्र्धन उपसमिति गठन

वडा वाल संरक्षण तथा सम्वद्र्धन उपसमिति गठन

दैलेख आठविस नगरपालिका वडा नं. ४ मा वडा वाल संरक्षण तथा सम्वद्र्धन उपसमिति गठन गरिएको छ । वडा नं. ४ का वडा अध्यक्ष रण वहादुर माझीको संयोजकत्वमा ९ जना सदस्य र ३ जना आमन्त्रीत सदस्य रहने गरि उक्त समिति गठन गरिएको हो । समितिमा संयोजक रण वहादुर माझी, सदस्यहरु पद्यमा खत्री (शिक्षक प्रतिनिधी), सीता माझी (महिला स्वास्थ्य स्वयम् सेवीका), तपेन्द्र माझी (वाल संजाल अध्यक्ष), धना विक (दलित महिला प्रतिनिधी), नवराज माझी (वाल अधिकार कर्मी), चैते कामी (दलित अल्पसंख्यक प्रतिनिधी), विरभन्जन माझी (समाजसेवी), सदस्य सचिव आशाराम माझी (वडा प्रतिनिधी), आमन्त्रीत सदस्यहरुमा लक्ष्मि चलाउने ( वाल अधिकारको क्षेत्रमा काम गर्ने गैसस सोसेक प्रतिनिधी), डम्वर माझी (वशुन्धरा कृषि सहकारी संस्था लि.), डिल वहादुर मिजार (सामाजिक परिचालक) रहेका छन् ।
वडा नं. ४ मा वाल संरक्षण र वाल विवाह हाम्रो पहिलो प्राथमिकता रहने कुरा समितिका संयोजक एवम् वडा अध्यक्ष रण वहादुर माझीले वताए । निकट भविस्यमा यस वडालाई वालमैत्री स्थानीय शासन लागु भएको वडा वनाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । वडामा जोखिममा रहेका वालवालिकाको पहिचान गरि उनिहरुलाई सहयोग गर्ने कुरा वाल अधिकार कर्मी नमराज माझीले वताए ।

 

प्रतिक्रिया