बाटुथापा स्मृति विद्या पुरस्कार वितरण

बाटुथापा स्मृति विद्या पुरस्कार वितरण

अन्तराष्ट्रिय साक्षरता तथा ३८ औं शिक्षा दिवसको उपलक्ष्यमा बाटु थापा स्मिृति विद्या पुरस्कार वितरण गरिएको छ । उक्त पुरस्कार बालअधिकारकर्मी तथा समाजसेवी हीरासिंह थापाले स्वर्गिय आमाको नाममा ‘बाटु थापा स्मिृति’ विद्या पुरस्कारको स्थापना गरि जिल्लाका उत्कृष्ट तथा विपन्न बालबालिकालाई उपलब्ध गराउदै आएका छन् ।


यस वर्षको माध्यामिक शिक्षा परिक्षामा सहभागी भई छात्राहरु मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्ने नौमुलेका अर्चना सिंह र दलित छात्राहरु मध्येबाट पिपल चौतारा माध्यामिक विद्यालय डाडापराजुलका लक्ष्मि वि.क. लाई पुर्स्कार उपलब्ध गराईएको थियो । अर्चनाले गत वर्ष भएको माध्यामिक शिक्षा परिक्षामा ३.२५ र वि.क. ले २.२५ जिपिए अंक प्राप्त गरि प्रथम भएका थिए । त्यसैगरी साविकको रावतकोट गाविसमा रहेको पंचदेवल माध्यामिक विद्यालयका छात्रा रत्न वि.क. लाई पनि उक्त पुरस्कारबाट सम्मान गरिएको आयोजकले जनाएका छन् । पंचदेवल विद्यालयमा छात्राहरु मध्येबाट वि.क.ले १.७५ जिपिए अंक प्राप्त गरि प्रथम भएकी थिइन् । साविकको रावतकोट गाविस बाटु थापा स्मिृति विद्या पुरस्कारका संस्थापक हीरासिंह थापाको जन्मस्थल भएकाले पनि उक्त गाविसमा रहेको माध्यामिक विद्यालयका छात्रालाई पुरस्कार वितरण गरिएको थापाको भनाई थियो । उक्त पुरस्कार जनही दुई हजार एक रहेको वताएकोछ ।
उक्त पुरस्कारबाट जिल्लामा राम्रो सम्भावना बोकेका छात्राहरुलाई हरेक वर्ष सम्मान गर्ने गरिएको छ । पुरस्कारको स्थापना भईसके पछि १ दर्जन भन्दा बढी छात्राहरु सम्मानित भईसकेका छन् । पुरस्कारका संस्थापक हीरासिंह थापा भन्छन् ‘सानो राशीको पुरस्कार भए पनि जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्नेछ भने अर्काेतिर बालबालिकामा प्रतिस्पर्धाको भावना जगाउने छ ।’

प्रतिक्रिया