घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकाको वडा ४ काफलपानीमा इलाका प्रहरी कार्यलय सल्लीवजारले घरेलु मदिरा नष्ट गरेको छ । गस्ती क्रममा गएको प्रहरी टोलीले गाउँमा स्थानीयहरु अत्यधिक रुपमा मदिरा सेवन गरि होहल्ला गर्ने,झैझगडा गर्ने थाले पछि उक्त अभियान सञ्चालन गरेको छ । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरी गाउँमा जुवातास खेल्ने,समाजमा उच्चशृखंल काम गर्नेलाई समेच सचेत हुन अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय सल्लीवजार सल्यानका प्रहरी इन्चार्ज चन्द्र कठ्यातका अनुसार सुर्खेत,जाजरको,सल्यान,रुकुम र डोल्पाको प्रमुख नाका सल्लीवजार भएकोले चेलिवेटि वेचविखन तथा लागुऔषध कारवोरको प्रमुख नाका भएकोले समेत यो क्षेत्र अति संवेदनशिल रहेको जनाएको छ । लागुऔषध दुरुव्यषनी र घरेलु मदिरा जन्य पर्दाथमा समेत पुर्ण वन्देजका साथै न्युनिकरणका उपाएको समेत खोजि अभियानमा इप्रका सल्लीले योजना अघि सारेको छ । चाडपर्वको समयमा शान्तीपुर्वक रहन र चाडपर्व मनाउदा उच्चशृखल खाले गतिविधी समेत नगर्न अनुरोध गरिएको छ । छाडा रुपमा मदिरा वेचविखन भएको पाएमा तत्तकाल कार्वाहि गर्ने समेत वताएको छ ।

प्रतिक्रिया