मकै पोल्दा घर जल्यो

मकै पोल्दा घर जल्यो

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीका ७ घाँजरीपिपलको डोप्केमा स्थानीय रमेश चन्दको घरमा आगलागि हुदाँ घरायसी धानमाल जलेर नष्ट भएको छ । आज विहान १० वजेको समयमा बाबालीकाले मकै पोलेर खान खोज्दा घरमा आगो सल्केको थियो । घरको छाना खरको भएका कारण स्थानीयले आगो नियन्त्रण गर्न नसकिएको जनाएका छन् । चन्द मजदुरीको शिलशिलामा भारत रहेको वताएको छ । चन्दको घरमा भएको अन्नपात,लताकपडा,भाँडा कुडा सवै जलेर नष्ट भएको वताएको छ । चन्दको परिवार भने छिमेकीको घरमा वसेको स्थानीय रविन्द्र शाहिले जनाकारी दिनु भएको छ ।

प्रतिक्रिया