उपचारका क्रममा एकको मृत्यू

उपचारका क्रममा एकको मृत्यू

दैलेख, भदौ २९ – सुर्खेतबाट दैलेख तर्फ आउदै गरेको यात्रु वाहक माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोट नजिक भएको दुर्घटनाका घाइतेको उपचारको क्रममा १ जनाको मृत्यू भएको छ ।
दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटका १३ वर्षीय ज्ञानेन्द्रबहादुर बिष्टको देउती नर्सिङ्ग होम सुर्खेतमा उपचारको क्रममा मृत्यू भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका १६ जनाको सुर्खेतको देउती नसिङ्ग र क्षेत्रीय अस्पताल सुखेतमा उपचार भइरहको छ ।
बा ४ च ४२२२ नम्वरको माइक्रोवस विपरित दिसाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा सडकबाट २० मीटर तल खस्दा चालक दिनेशराज पाठक समेत माइक्रोवसमा सवार १७ जना सबै गम्भीर घाइते भएका थिए ।
चालकले मोवाइलमा कुरा गर्दै ट्रकलाई साइड दिंदा माइक्रोवस सडकबाट खसेको यात्रुहरुले बताएका छन् ।

प्रतिक्रिया