बलात्कारका आरोपी फरार

बलात्कारका आरोपी फरार

अमर सुनार
दैलेख, असोज ३ – नारायण नगरपालिका वडा नं. ३ प्यूसेका २८ वर्षीय यज्ञप्रसाद भट्टराई एक किशोरीलाई बलात्कार गरी फरार भएका छन् । घरमा कोही नभएको बेला आज दिउँसो साबुन किन्ने बाहनामा पसलमा पुगेर भित्र कोठामा थुनेर बलात्कार गरेको पीडितका परिवारजनले बताएका छन् ।
पीडित परिवारजनले प्रहरीलाई खवर गरेको थाहा पाएपछि आरोपित यज्ञप्रसाद घरबाट भागेको बताइएको छ । प्रहरीले आरोपितको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले बताए । बलात्कार पीडित १७ वर्षीया किशोरीको जिल्ला अस्पताले स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया