छोराले बाबुलाई चिर्पटाले हान्दा मृत्यु

छोराले बाबुलाई चिर्पटाले हान्दा मृत्यु

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीका ८ ज्यामीरे निवासि नन्द यरीले आफ्नै बाबु कमारो यरीलाई दाउराले हानेर मारेका छन् । ७० वर्षिया बाबुलाई आफ्नै कान्छो छोरोले आज दिउँसो ३ वजेको समयमा दाउरोको चिर्पटोले टाउकोमा हान्दा मृत्यु भएको परिवारले जनाएको छ । छोराले बाबुलाई के कारण मारेको हो भन्ने कुरा परिवारले खोल्न चाहेका छैनन् भने प्रहरी उक्त घटना स्थलमा पुगिसकेको छ । घटना पुरा विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया