घाँजरीको गोठिखोलामा झाडापखालाको प्रकोप

घाँजरीको गोठिखोलामा झाडापखालाको प्रकोप

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकाको वडा ७ घाँजरीपिपको गोठिखोलामा झाडा पखालाले स्थानीय विरामी पर्न थालेका छन् । घाँजरीपिपलको गोठिखोलामा स्थानीय जसोता वली,कौशिला खडका लगाएत ६ जना विरामी परेको स्थानीय तुलसी वलीले वताए । श्रावाण महिनामा पनि झाडापखालाले गोठिखोलाका स्थानीय विरामी परेको र पुन गाउँमा झाडापखालको प्रकोप देखिएकोले स्थानीय त्रसित वनेका छन् । ५ दिन देखि उक्त क्षेत्रमा झाडापखालाले नागरिक विरामी पर्न थालेको वताएको छ । दशैै मान्न घर आएका र माईत गएका मैतालु समेत झाडापखालाको प्रकोप घरैपिच्छे वढ्न थाले पछि फर्किएको एक स्थानीयले वताए । स्थानीयले पिउने पानीमा समस्या भएकोले प्रत्येक पटक उक्त क्षेत्रमा झाडापखालाको प्रकोप देखिने गरेको छ । यहाँका स्वास्थ्य संस्थाहरुमा दशै मान्न घर गएका कर्मचारी अझै नर्फकिएकोले उक्त क्षेत्रमा औषधी गर्न ग्राहो भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया