अलपत्र बालकको उद्धार

अलपत्र बालकको उद्धार

दैलेख असोज २१ (ज्वाला सन्देश अनलाईन), नौमूले गाउँपालिका ७ सल्लेरी पैतीका ४ जना बालकको उद्धार गरि परिवारको जिम्मा लगाइएको छ । नौमूले गाउँपालिका ७ सल्लेरी पैतीका १४ बर्षिया टेक बहादुर वि.क., १३ बर्षिया अर्जुन वि.क., १४ बर्षिया दन्त बहादुर वि.क.र १० बर्षिया प्रकाश वि.क.लाई उद्धार पश्चात परिवारको जिम्मा लगाइएको हो ।

गत बुधवार नारायण नगरपालिकाको रामपुरमा अलपत्र अवस्थामा भेटिएका बालकहरुको प्रहरीको सहायतामा उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगतको महिला तथा बालवालिका केन्द्रमा राखिएको थियो । अलपत्र अवस्थामा रहेका बालकहरुको उद्धार गरि सेल्टरमा राखि संरक्षण र मनोविमर्श गर्दा घरबाट भागेर सुर्खेतको होटलमा काम गर्न जान लागेको बालकहरुले बताएका थिए । उद्धार गरिएका बालकको परिवारिक पुनंमिलन कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रतिनीधि, पत्रकार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्य समितिका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया