देउसी भैलोमा “विहे वारी, २० वर्ष पारि”

देउसी भैलोमा “विहे वारी, २० वर्ष पारि”

दैलेख, देउसी भैलो कार्यक्रममा “विहेवारी, २० वर्ष पारि” भन्ने नारासाथ खेल्न शुरु भएको छ । गुराँस गाउपालिका वडा नं. ३ नयाँ पोखरामा रहेको सिजनशिल युवा क्लव र सुनगाभा वाल क्लवद्धारा सयुक्त देउसी भैलो कार्यक्रम “विहेवारी, २० वर्ष पारि” भन्दै खेल्न थालिएको हो ।


“नगरौ विहेका कुरा, भएको छैन २० वर्ष पुरा” र “वाल मैत्री स्थानीय शासन, वाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ खेलिएको देउसी भैलो कार्यक्रम मार्फत समुदायमा चेतना जगाउनका लागि खेलिएको सिर्जनशिल युवा क्वलका अध्यक्ष प्रमिला शाहीले वताईन् । उनले थपिन “समुदायमा छाउपडि जस्ता कु प्रथा कायम रहेको र वाल अधिकारको वारेमा जानकारी नभएकोले देउसी भैलोमा रमाईलो संगै जनचेतना जागउन खेलिएको हो ।”
वाल अधिकार र वालविवाहको वारेमा जानकारी नै नभई कलिलो उमेरमा नै विवाह गर्ने भएकोले जनचेतना जगाउनको लागि “विहेवारी, २० वर्ष पारि” भन्ने नारा सहित देउसी भैलो खेलिएको सुनगाभा वाल क्लवका अध्यक्ष विशाल शाही वताउछन् ।

प्रतिक्रिया