कुबेर बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा भुजहवामा सम्पन्न

कुबेर बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा भुजहवामा सम्पन्न

सहबान अन्सारी नवलपरासीको सरावल गाऊँपालिका वडा नं.७ भुजहवामा कुबेर बचत तथा ऋण सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

योगेन्द्र प्रसाद बनियाको अध्यक्षता तथा पुर्व मन्त्रि हृदयेश त्रिपाठीको प्रमुख अथित्यता रहेको कार्यक्रमा सरावल गाऊँपालिका की उपाध्यक्ष उतमा राय,सोही गाऊँपालिका वडा नं. ७ का वडाध्यक्ष ह्यात अलि,कैलाश यादव, जन्त्रि प्रसाद बरई,युवराज मौर्य,राम बिलास यादव,सन्तोष बरई, लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमा ०७३/०७४ सालको कुल आय ब्यय ३ करोड १० लाख ८२ हजार ३३३ रुपयाँ प्रस्तुत गरिएको थियो । सो सहकारी संस्थाको कुल शेयर सदस्य ९२३ रहेको संस्थाको सचिव युवराज मौर्याले जानकारी दिनु भयो ।

प्रतिक्रिया