ट्राफिक चेजजाँचका क्रममा जेलिटिन फेला पर्र्यो

ट्राफिक चेजजाँचका क्रममा जेलिटिन फेला पर्र्यो

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीका वडा १ देवस्थल घाटगाउँ नीवासि २४ वर्षिया राजु भण्डारी माछा मार्ने जेलेटिन सहित पक्राउ परेका छन् । सल्यान र सुर्खेतको सिमाना भेरीपुल नजिकै ट्राफिक चेजजाँचका क्रममा भण्डारीको विल्य ुवुक लाईसिन्स चेक गर्देै गर्दा साथमा जेलिटिन फेला परेको छ ।

माछा मार्ने ७ सय ग्रामको सो पदार्थ फेला पारिएको थियो । मोटरसाईकिलमा सवार गरेका भण्डारीको साथमा जेलिटिन भएको पुर्व जानकारी नभए पनि चेकजाँचका क्रममा फेला परेको ईलाका प्रहरी कार्यलय सल्लीवजारले जानकारी दिएको छ । भण्डारीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय लगिएको छ । अनुसन्धान पछि मुद्धा दायर हुने समेत जनाएको छ । भेरी नदिमा माछा मार्ने जेलिटिन पदार्थ केहि दिन अघि थुप्रैमात्रामा भित्रिएको एक स्थानीयले वताए । उक्त जेलिटिन महँगो मुल्यमा माछा मार्ने व्यवसायीले खरिद गरेको समेत खुलासा भएको थियो ।

प्रतिक्रिया