बाम गठबनधनको चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न

बाम गठबनधनको चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न

दुर्गा वि.सी.
बनगाड कुपिण्डे नगरपालीकाको सल्लीवजारमा आज बाम गठबन्धनको कार्यकर्तालाई संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चुनावी प्रशिक्षण कार्यक्रममा प्रतिनिधी सभाका उम्मेदवार तथा विना विभागीय मन्त्री टेक वहादुर वस्नेत,प्रदेश सभा क तर्फका उम्मेदवार गुलावजंग शाह,त्यसै गरि प्रदेश सभा ख का उम्मेदवार प्रकाश ज्वालाले प्रशिक्षणात्मक कार्यक्रममा नेता तथा कार्यकर्तालाई विचलित नभई दुवै पार्टिका कार्यकतालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

पार्टिका आधीकारीक उम्मेदवार आधाकारीक चुनाव चिन्ह गोलाकार हसिया र सुर्यमा ढुक्क भएर मतदान गर्न सवैलाई प्रशिक्षीत गरेका छन् । बाम गठबन्धन मात्रै नभई चुनाव पछि दुई कम्युनिष्ट एक हुने भएकोले समेत त्यस तर्फ हेक्का राखि अघि वढन् निर्देन दिएको छ । साथै चुनावी प्रशिक्षण कार्यक्रममा चुनाव प्रचार कमिटीका जिल्ला संयोजक नेव वहादुर कुवँर र सह संयोज लोक वहादुर डाँगिले समेत प्रचारलाई कसिलो ढँगले सञ्चालन गर्न आग्रह गरेका छन् ।
बन्गाड कुपिण्डे नगरपालीकाका मेयर तथा नगरका चुनाव प्रचार संयोज गोविन्द पुनले विगतलाई भुलेर बाम गठबन्धनका उम्मेदवारलाई जिताउन सवै हत्कण्डा अपनाउन कार्यकर्तालाई निर्देनश गरिएको जनाएको छ । एउटा क्षेत्र एउटा भेकलाई मात्रै नहेरी समग्र देश तर्फ नै न्यायीक तबरले टिकट वितरण भएकोले वढि थोरै भन्दा पनि राष्टले जित्ने उद्धेश्यका साथ सवै कुरा मिलेकोले यो नकारात्मक पोटोमा कसैलाई पनि नजान आग्रह गरिएको छ । कार्यक्रममा सवै स्थानीय निर्वाचित जन प्रतिनिधी र दुवै पार्टिका अगुवा कार्यकर्ताको उपस्थिी रहेको थियो । चुनावी प्रशिक्षण कार्याक्रमको सञ्चालन बन्गाड कुपिण्डे नेकपा माओवादि केन्द्र तर्फका तथा चुनावी परिचालन कमिटीका सह संयोज धनवहादुर पुनले गरेको वताएको छ । त्यसै गरि अघिल्लो दिन बाम गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवारी तर्फका नेकपा माओवादि केन्द्रका वागि उम्मेदवारले आफ्नो आन्तरिक चुनावी प्रशिक्षण कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया