जिल्ला वाल मञ्चको वैठक सम्पन्न, बाल हिंसा विरुद्ध अभियान सञ्चाल गर्ने प्रतिवद्धता

जिल्ला वाल मञ्चको वैठक सम्पन्न, बाल हिंसा विरुद्ध अभियान सञ्चाल गर्ने प्रतिवद्धता

दैलेख, जिल्ला बाल मञ्च दैलेखको बैठकले बालबालिका माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि काम गर्ने प्रतिवद्धता गरेको छ । मञ्चका अध्यक्ष याम बहादुर वि.क.ले भने, बालबालिका माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि जिल्ला बाल मञ्चले आफ्ना गतिविधिलाई तिव्रता दिने छ ।
बालबालिकाको मुख्य कर्तव्य अध्ययन भएपनि समाजमा रहेका कुरिती र विभेदहरु हटाई असल समाजको निर्माणमा बालबालिकाले सहयोग गर्ने उनको भनाई थियो ।
बालविवाहले गर्दा बालबालिकाको सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपमा असर गरेका कारण यसको न्यूनीकरण गर्ने बैठकले निर्णय गरेको छ । त्यसै गरी बैठकले समाजमा अझै पनि छाउपडी प्रथा कायमै रहेका कारण बालिकाको अध्ययनमा समस्या परेको हुदाँ विद्यालयमै सेनेटरी प्याड व्यवस्थापनका लागि स्थानीय सरोकारवाला सम्बन्धित निकायमा पहल गर्ने जनाएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बालबालिकाको प्रयोग बढ्ने सम्भावना भएकाले निर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न नगराउन सम्बन्धित निकायको ध्यानआकर्षण गर्ने निर्णय गरेको छ । विद्यालय शान्ति क्षेत्र भएकाले निर्वाचनका कुनै पनि कार्यक्रम बालबालिका लक्षित वा विद्यालयमा हुन नहुने विषयमा छलफल भएको थियो ।
एक्काइसौ सताब्दिमा पनि बालबालिका बालश्रम, बालविवाह, छाउपडि र बेचविखन जस्ता समस्याबाट पिडित भएको राष्ट्रिय बाल संरक्षण सञ्जालका प्रदेश नं ६ का संयोजक हीरासिंह थापाको भनाई थियो । ग्रामिण क्षेत्रमा बालबालिका माथी हुने सबै प्रकारका हिंसाको जानकारी बालक्लवलाई हुने हुदाँ बाल सक्रिय भएको अवस्थामा यस्ता हिंसा र दुव्र्यव्यवहारबाट बालबालिकाले मुक्ति पाउन सक्ने थापाले बताए ।

प्रतिक्रिया