विजय उम्मेदवारले स्वागत कार्यक्रममा नागरिकका वाचा पुरा गर्ने

विजय उम्मेदवारले स्वागत कार्यक्रममा नागरिकका वाचा पुरा गर्ने

दुर्गा वि.सी.
सल्यानको सल्लीवजारमा प्रदेश सभा र प्रतिनिधी सभाका निर्वाचित जन प्रतिनिधीलाई यहाँका नागरिकले वाजागाजा सहित स्वागत तथा वधाई ज्ञापन व्यक्त गरेका छन् । हिजो वेलुकी अवेर राती सम्म भएको कार्यक्रममा प्रतिनीधी सभाबाट निर्वाचित टेक वहादुर वस्नेत,प्रदेश सभा क्षेत्र १ ख तर्फका विजय उम्मेदवार गुलाव जंग शाह, प्रदेश सभा क्षेत्र २ क का विजय उम्मेदवार प्रकास ज्वालालाई बन्गाड वासिले स्वागत गरेका थिए ।

निर्वाचित ३ जनाले आफुहरुले चुनावी समयमा वोलेका र बाम गठबन्धनको साझा घोषाणा पत्रमा उल्लेख गरेका प्रतिवद्धता पुरा गर्ने जनाएका छन् । जनता सामु भनेका, वोलेका सवै वाचा ५ वर्षभित्रमा पुरा गरेरै छाड्ने कुराको आश्वासन सहितको प्रतिवद्धता व्यक्त गरेका छन् । सल्यानको पश्चिम क्षेत्र विकासको गतिमा निक्कै सुस्त रहेकोले आफुले यो अवधीमा अल्झेका र बाँकी रहेका सवै काम पुरा गर्ने प्रदेश ख का विजय उम्मेदवार गुलाव जंग शाहले प्रतिवद्धता जाहेर गरेका छन् । त्यसै गरि प्रदेश सभा र प्रतिनिधी सभाका तीनै जना विजय उम्मेदवारले अत्याधिक मत सहित विजय वनाउनुहुने नागरिक प्रति धन्यबाद व्यक्त गरेका थिए । यो जितको सवै बाचा पुरा गर्ने समेत उनिहरुले पटक पटक सम्झाउने काम गरेका थिए । स्वागत तथा वधाई कार्यक्रममा विजय उम्मेदवारहरुको स्वागतका लागि यहाँका स्थानीय अवेर साँझ सम्म कुरेर वसेका थिए । विजय उम्मेदवारहरु ठाउँ ठाउँमा नागरिकसँग भेटघाट गर्दै सल्लीवजार आउँदा रात परिसकेको थियो । त्यसै गरि आज कुमाखमालिका गाउँपालीकाको रागेचौरमा त्याहाँका नागरिकसँग भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया