नेपाली चलचित्र मन त पर्देसीको पत्रकार सम्मेलन

नेपाली चलचित्र मन त पर्देसीको पत्रकार सम्मेलन

नेपाली चलचित्र मन त पर्देसी निकै राम्रो र मन छुने खालको रहेको एक कार्यक्रम मा बताईएको छ । यहि पौष १४ गते देखि प्रदर्शन हुन लागेको चलचित्र मन त पर्देसी को बारेमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । निर्माता दुर्गा बहादुर खड्का ले पत्रकार सम्मेलनमा बेरोजगार युवाको कथा बस्तु समेटेकोे बताँउदै चलचित्रले भयको लगानीको रकम उठ्ने सम्भावना बलियो रहेको बताए । चलचित्र बाँके बर्दिया र कतार मा छायांकन गरेको बताईको छ ।
मन त पर्देसी का डाईरेक्टर देव नेपाल समेत सहभागी रहेको पत्रकार सम्मेलनमा बागेश्वोरी हल का प्रबन्धकले चलचित्र सम्भंधि सल्लाह सुझाब दिएका थिए भने दर्जन बढी सँचारकर्मीको सहभागिता रहेको कार्यक्रम प्राबबिधिक पत्रकार सँघ बाँकेकी कोषाध्यक्ष प्रेरणा खड्काले संचालन गरेकी थिईन ।

प्रतिक्रिया