बार्षिक साझेदारी समिक्षा बैठक सम्पन्न

बार्षिक साझेदारी समिक्षा बैठक सम्पन्न

नेपालगंज, पौष १२, सेभ द चिल्ड्रेनको कार्यक्षेत्र रहेका मध्य तथा सुदुर पश्चिमका ९ जिल्लाका १२ वटा साझेदार संस्थाहरुको बार्षिक साझेदारी समिक्षा बैठक नेपालगंजमा सम्पन्न भएको छ । सेभ द चिल्ड्ेनको साझेदारीतामा संस्थाद्धारा २०१७ मा संचालित कार्यक्रमको समिक्षा गरियो ।
संस्थाले लेखा व्यवस्थापनका आधारमा कार्यक्षेत्रका १२ वटा साझेदार संस्थाहरुको बार्षिक मूल्यांकनका आधारमा प्रथम, द्धितिय र तृतिय बनाएको छ । बार्षिक मूल्यांकनका आधारमा साझेदार १२ वटा संस्था मध्ये विस्वीन बाजुरा प्रथम भएको छ । यस्तै दैलेखको साझेदार संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धितिय भएको छ भने दैलेखकी अर्को साझेदार संस्था एभरेष्ट क्लब दैलेख तृतिय भएको छ ।
बार्षिक साझेदारी बैठकमा बोल्दै सेभ द चिल्ड्रेनको एशोसियट डाइरेक्टर विरेन्द्र ठकुन्नाले अब सेभ द चिल्ड्रेनले नेपालका प्रदेश नं. २ र ६ मा सेभ द चिल्ड्रेनका कार्यक्रमहरुलाई प्रभावकारी बनाइने बताए ।
उनले भ्रष्टाचार विरुद्ध शुन्य सशनशिलता अपनाएको उनले जानकारी गराए । बार्षिक साझेदारी बैठकमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख, भिडिसेफ, किडाक नेपाल, रुकुमेली समाज विकास केन्द्र, पाँचतारा पूवा क्लब, वाक अछाम, विस्वीन बाजुरन, यूनेस्को नेपालगंज, एडिएस नेपालगंज लगाएतका ९ जिल्लाका १२ वटा साझेदार संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया