विश्व उपभोक्ता महासंघ दैलेख शाखाको अध्यक्षमा पौड्याल

विश्व उपभोक्ता महासंघ  दैलेख शाखाको अध्यक्षमा पौड्याल

उपभोक्ताहरुको हक अधिकार संरक्षण सम्र्बद्धन गर्नका लागि स्थापित मुनाफा रहित जनहितकारी सामाजिक संस्था विश्व उपभोक्ता महासंघ नेपालको दैलेख शाखा गठन गरिएको छ । बिहिवार दैलेख सदरमुकामका भएको पहिलो भेलालले गठन गरिएको हो । भेलाले शुसासनको क्षेत्रमा काम गर्दै आएका दैलेखका पत्रकार लोकेन्द्र पौड्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । विश्व उपभोक्ता महासंघ नेपाल दैलेख शाखाको उपाध्यक्षमा भरत सुनार चयन हुनुभएको छ । यस्तै सचिवमा हिक्मत नेपाली तथा कोषाध्यक्षमा प्रेमा रोकाय चयन हुनुभएको छ । सदस्यहरु अर्जन शाही, अविलाल जैसी, जनक प्रसाद अधिकारी, भरत अधिकारी, दुर्गा खत्री , भावना आचार्य, बासुदेव उपाध्याय, नन्दा महतरा, राम बहादुर थापामगर चयन गरिएको छ ।
विश्व उपभोक्ता महासंघ नेपाल दैलेख शाखाले जिल्लामा शुसासनको क्षेत्रमा काम गर्ने अध्यक्ष लोकेन्द्र पौड्यालले जानकारी दिएका छन् । केन्द्रिय कार्यालय संग समन्वय गरि दैलेख जिल्लाका ११ वटै स्थानीय तह संग सहकार्य गरि स्थानीय तहमा शुसासनको क्षेत्रमा काम गर्ने उनले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया