स्थानीय तहको सम्पर्कमा आउन जिएमआर लाई पत्राचार

स्थानीय तहको सम्पर्कमा आउन  जिएमआर लाई पत्राचार

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको जिम्मा लिएको जि एम आर कम्पनी प्रभावित स्थानीय तहहरुको सम्पर्कमा आएको    छैन । आयोजनाबाट प्रभावित स्थानीय तहहरुले लिखित रुपमा छलफलका लागि पत्रचार गरेतापनि कुनैपनि जवाफ दिएको छैन । चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले द्धिपक्षिय छलफलका लागि यही माघ २ गते जि एम आए कम्पनीलाई ७ गते भित्र उपस्थिति हुन भन्दै पत्राचार गरेको थियो ।
पटक–पटक मौखिक रुपमा उपस्थितीका लागि आग्रह गर्दापनि जि एम आर कम्पनी सम्पर्कमा नआएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । ‘चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ अथात् साविकको लयाँटी विन्द्रासैनी गाविस माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्र हो ।’ उनले भने, साविकको लयाटी विन्द्रासैनी गाविसमा खानेपानीको समस्यालाई समधान गर्न क्षेत्रका कर्णाली नदीबाट लिफ्ट प्राविधि मार्फत पानी तानी खानेपानी योजना संचालन गर्न लागेकाले जलस्रोत ऐन र जि.एम.आर संग नेपाल सरकारले गरेको सन्धी सम्झौतामा भएको व्यवस्था अनुसार आयोजना र नगरपालिका बीच छलफल गर्नका लागि पत्रचार गरिएको उनले बताए ।

प्रतिक्रिया