पिपलचौतारा मावीले मनायो ३८ औँ बार्षिक उत्सव

पिपलचौतारा मावीले मनायो ३८ औँ बार्षिक उत्सव

डुङ्गेश्वर गाँउपालिका वडा नं. ५ डाँडापराजुलको पिपल चौतारा माध्यामिक विद्यालयले आफ्नो ३८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विभिन्न अतिरिक्त क्रियाकलापको प्रतियोगीता , विद्यालयको आर्थिक आय–व्यय प्रस्तुत र भावी दिनमा विद्यालयले गर्ने नमूना कामको अभिभावकलाई जानकारी गरी ३८ औँ वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सव कार्यक्रममा राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, माध्यामिक विद्यालयका प्रअहरुले शुभकामना प्रदान गरेका थिए । वार्षिक उत्सव निम्न माध्यामिक तहको् सांस्कृतिक कार्यक्रम, हाजरीजवाफ, वक्तृत्वकला प्रतियोगीतामा प्रथम द्धतिय तृतिय छात्र, छात्रहरुलाई नगद प्रमाण सहित विद्यालयले सम्मान गरेको छ ।
विद्यालयको बार्षिक उत्सवको अवसर पारेर पुष्प शान्ती गोमादेबी पराजुली छात्रवृत्ति अक्षयकोषका संयोजक पुष्प पराजुलीले गत वर्ष विद्यालयलाई एक लाख अक्षयकोष स्थापना भएको यस वर्ष पचास हजार रकम थप गरेका छन् । लाइन्स क्लव अफ पोखरा र लाइन्स क्लव अफ बुलबुले सुर्खेतले कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा का साथै विद्यालय सरसफाईका सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अथिती डुङ्गेश्वर गाँउपालिका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका विशेष अथिती टेक बहादुर भण्डारीले डुङ्गेश्वर गाँउपालिका भित्र रहेका सम्पुर्ण आधारभुत विद्यालय, निम्न माध्यामिक विद्यालय र माध्यामिक विद्यालयले गाँउपालिकाबाट विद्यालय संचालनको लागी आवश्यक रकम बिनियोजित गरिएको र आगामी दिनमा क्रमश विद्यालयका समस्यालाई विद्यालय अनुगमन गरी सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
३८औँ बसन्त विद्यालयले पारगर्दा थुपै्र चुनौती हरु सामाना गर्नुपरेको र यस विद्यालयलाई नमूना गराउन पूर्व विद्यालय व्यवस्थापन समितीका पदाधिकारी पूर्व शिक्षकहरु, विद्यार्थी भाइबहिनी र सम्पुर्ण विद्यालयमा सरोकारवाला व्यक्तिहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । अझैँ पनी विद्यालयमा विभिन्न भौतिक पूर्वाधार, खानेपानी, फिल्ड फर्निचरको अभाव विद्यालयका समस्या देखिएको कतिपय विद्यालयमा सम्पुर्ण पूर्वाधारहरु हुँदा पनी शैक्षिक गुणस्तरको परिमाण राम्रा नआएको अब गाँउपालिका अन्र्तगतका सम्पुर्ण विद्यालयहरुमा शैक्षिक गुणस्तर र विद्यालयको रिजल्ड परिमाण राम्रो बनाउन सबै लागी पनुपर्ने कार्यक्रमका प्रमुख अतिथी सेर्माकोट श्रोतकेन्द्रका श्रोतव्यक्ति दिपेन्द विसीले बताएका छन् ।

प्रतिक्रिया