जिल्ला अदालत दैलेखमा बाल मैत्री कक्ष निर्माणका लागि पहल गरिने

जिल्ला अदालत दैलेखमा बाल मैत्री कक्ष निर्माणका लागि पहल गरिने


जिल्ला अदालत दैलेखमा बाल मैत्री कक्ष निर्माणका लागि पहल थालिने भएको छ । शुक्रवार दैलेख सदरमुकामका बसेको जिल्ला बाल न्यायिक समन्वय समितिको बैठकले यस्तो निणर्य गरेको हो । जिल्ला बाल न्यायिक समन्वय समितिका अध्यक्ष एंव जिल्ला न्यायधिश सनतचन्द्र लवटको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले जिल्लाका बाल विज्याइका मुद्धाहरुलाई व्यवस्थीत रुपमा बाल इजलासबाट नै सुनुवाई गर्नका लागि जिल्ला अदालत दैलेखमा बाल इजलास तथा बाल मैत्री कक्ष स्थापनाका लागि आवश्इय व्यवस्था गरिदन केन्द्रिय बाल कल्याण समितिलाई अनुरोध गर्ने निणर्य गरेको हो ।
यस्तै स्थानीय तह गाउँपालिका तथा नगरपालिका स्तरिय बाल न्याय प्रर्णाली सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गर्न आवश्यक र उपयुक्त देखिएकाले स्थानीय तहहरु गाउँपालिका र नगरपालिका संग समन्वय गरि कार्यक्रम संचालन गनेए निणर्य गरिएको जिल्ला बाल न्यायिक समन्वय समितिका अध्यक्ष एंव जिल्ला न्यायधिश सनतचन्द्र लवटले जानकारी दिनुभएको छ ।
बैठकले जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई समेत बाल न्याय प्रर्णालीका विषयमा गराउने निणर्य गरिएको छ । त्यसका लागि स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गर्नका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख संग समन्वय गर्ने निणर्य गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, प्रहरी प्रमुख सरोज पौडेल, सहायक जिल्ला न्यायधिश कौशल ढुंगाना, नि. महिला विकास अधिकृत गिता बुढा, बाल मनोविज्ञ अमर सुनार, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरा सिंह थापा लगाएतको उपस्थिती रहको थियो ।

प्रतिक्रिया