स्रोत क्षमता विकास गोष्ठि सम्पन्न

स्रोत क्षमता विकास गोष्ठि सम्पन्न


स्रोत बृद्धि क्षमता विकास सम्बन्धि दुई दिने गोष्ठि दैलेख सदरमुकामका सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा उक्त गोष्ठि सम्पन्न भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव नैन बहादुर शाहीले जानकारी दिनुभएको छ । गोष्ठिमा स्रोत बृद्धिका मापदण्ड लगाएतका विषयमा छलफल गरिएको थियो । यस्तै प्रश्तावना लेखन तथा संस्थागत स्रोत बृद्धिका लागि छलफल गरिएको शाहीले जानकारी दिनुभएको छ ।


गोष्ठिमा दैलेख जिल्लाका विभिन्न भेगमा परम्परागत समय देखि मानिदै आएको छाउपडि प्रर्थाका समस्याबारे छलफल गरिएको छ । जिल्लामा छाउपडि समस्या समाधानका लागि गोष्ठिले बृहत छलफल गरेको थियो । यस्तै जिल्लामा पछिल्लो समय सबै भन्दा बढी समस्यामा रुपमा मानिएको बाल विवाह न्यूनिकरणका लागि आवश्यक पर्ने रणनितीहरुको बारेमा छलफल गरिएको छ ।
दैलेख जिल्लाको महावुगाउँपालिका वडा नं. ३ बासीको इनेदुला (छामघाट खोला किनार) मा बस्दै आएका राउठटे समुदायको समस्याहरु बारे छलफल संगै समुदायको समस्या समाधान पहिचन संगै समाधानात्मक उपायहरु अध्ययन गर्ने विषयमा छलफल गरिएको थियो । यस्तै संस्थागत विकासका लागि आवश्यक पर्ने स्रोतको बारेमा छलफल भएको जनाइएको छ । गोष्ठिमा राष्ट्रिय लद्यु उद्यमी महासंघ नेपालका कार्यक्रम किवास सल्लाहकार अस्टे«लियन नागरिक ऋजष्चष्क तयउअभच न्यजबल ध्बचमभि ले स्रोत क्षमता विकास तथा जिल्लामा भएको मुल समस्याहरुको पहिचान र समस्या समाधानको बारेमा जानकारी गराएका थिए ।
गोष्ठिमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यसमिति सदस्य तथा विभिन्न परियोजनाका प्रमुखहरु सहभागि रहेको महासचिव शाहीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया