निलसागर केन्द्र दैलेखको अध्यक्षमा भारती

निलसागर केन्द्र दैलेखको अध्यक्षमा भारती


दैलेख माघ १४ / निलसागर असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखको अध्यक्षमा गोविन्द देव भारती चयन भएका छन् । शनिवार दैलेख सदरमुकाममा भएको एक भेलाले भारतीको अध्यक्षतामा ११ सदस्यीय निलसागर असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखको कार्यसमिति गठन गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत रहेका भारती केन्द्रको अध्यक्षमा चयन भएका हुन् । केन्द्रको उपाध्यक्षमा अविशेक अनुराग (वि.क.) चयन भएका छन् । उनि रिर्पोटर्स क्लब नेपाल दैलेख शाखाका उपाध्यक्ष समेत हुन् । यस्तै सचिवमा तिर्थ भण्डारी तथा कोषाध्यक्षमा चन्द्रा बोहोरा चयन भएका छन् । भण्डारी क्रियाशिल पत्रकार मञ्च नेपाल दैलेख शाखा तथा रिर्पोटर्स क्लब दैलेखका सचिव समेत हुन् भने बोहोरा नेपाल पत्रकार महासंघ दैलेखको सदस्य हुन् । केन्द्रको सहकोषाध्यक्षमा धमाका राष्ट्रिय दैनिक दैलेखका कार्यरत पुजा भण्डारीलाई चयन गरिएको छ ।


यस्तै निलसागर असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखको सदस्यहरुमा क्रियाशिल पत्रकार मञ्च नेपाल दैलेखका अध्यक्ष एंव नेपाल समाचार पत्रका जिल्ला संवाददाता हिक्मत नेपाली, हेमराज अधिकारी, जिवन आचार्य, विनोद योगी, पृथ बयलकोटी र डम्बर तिरुवालाई चयन गरिएको छ ।
यस्तै भेलाले नागरिक दैनिकका दैलेख संवाददाता एंव रिर्पोटर्स क्लब दैलेखका अध्यक्ष गोविन्द केसीको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा उज्यालो अनलाइनका दैलेख संवाददाता अमर सुनार, नेपाल टेलिकम दैलेखका कार्यालय प्रमुख जित बहादुर त्यागी रहेका छन् । कार्यक्रममा असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्रका केन्द्रिय अध्यक्ष सरतिा खनालले मुनाफा रहित रुपमा सेवा गर्नका लागि दैलेख जिल्लामा पनि शाखा विस्तार गरिएको बताइन् । अध्यक्षमा चयन भएका गोविन्ददेव भारतीले जिल्लामा रहेका असहाय अशक्त एंव जेष्ठ नागरिकको सेवा गर्नका लागि संस्था दैलेखमा विस्तार गरिएको बताए । उनले सेवा नै धर्म हो भन्ने कुरालाई व्यवहारमा उतार्न सबै पक्ष संग सहकार्य गरि काम गर्ने बताए । दैलेखमा गरिएको भेलामा केन्द्रका उपाध्यक्ष अमन सुवेदी, लगाएतको सहभागिता रहेका थियो । यस्तै असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखमा नवनिर्वाचित पदाधिकारीहरुलाई रिर्पोटर्स क्लब नेपाल दैलेख शाखाले समेत दोसल्ला ओडाएर बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया