सहिद दिवसको अबसरमा विरामीलाई फलफुल वितरण

सहिद दिवसको अबसरमा विरामीलाई फलफुल वितरण


देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै मंगलवार देशभर सहिद दिवस मनाइएको छ । दैलेखमा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । दिवसको अबसरमा जिल्ला अस्पताल दैलेखका विरामीहरुलाई फलफुल विवरण गरिएको छ । विरामीहरुलाई फलफुल वितरण गर्नुपूर्व नारायण नगरपालिका दैलेखको सभाहलमा विर शहिदहरुको फोटोमा माल्यारोपण गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्न प्रदेश नं। ६ का प्रदेश सभा सदस्य शुसिल थापा, राज बहादुर शाही, नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, प्रहरी प्रमुख सरोज पौडेल, नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्ल, जिल्ला समन्वय समिति सदस्य बाल कृष्ण केसी लगाएत जिल्ला स्तिथ सरकारी तथा गैससका प्रमुखहरु जिल्ला अस्पताल दैलेखमा पुगेका थिए । जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई फलफुल वितरणका लागि नारायण नगरपालिका दैलेखले व्यवस्थापन गरेको थियो ।


नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एंव लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छन् ।
देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाइएको हो । विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।

प्रतिक्रिया