चलचित्र ‘मंगलम’ टिम सुर्खेतमा

चलचित्र ‘मंगलम’ टिम सुर्खेतमा

फागुन २५ गते रिलिज हुने चलचित्र मंगलमको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारकालागि निर्माता निर्देशकसहितकाे कलाकार टिम सुर्खेत पुगेको हो । चलचित्रका कार्यकारी निर्माता छविराज ओझाले यस चलचित्रमा नारीलार्इ प्राथमिकता दिइएकाे बताए । निर्देशक नवल नेपालले अाफुले बनाएका चलचित्र भन्दा केहि फरक बनाएका कारण चलचित्र दर्शकले मन पराउने विश्वास लिएको बताए ।

यसैगरि नायिका शिल्पा पोख्रेलले यस चलचित्रमा फरक कथा बस्तु समेटिएको र अाफुले निकै मेहेनत गरेकाे बताइन । अरुको सुखको लागि अाफुसहि छु भन्ने लाग्छ भने जीन्दगीको अफ्ठ्यारो किनारामा बाँचेको त्यो मान्छेलार्इ सहयोग गर्दा पुण्य मिल्छ भन्ने कथामा अाधारीत चलचित्र रहेको उनकाे भनार्इ छ । चलचित्र ‘मंगलम’ मा शिल्पा पोखरेल, पुष्पल खड्का, मिथिला शर्मा पृथ्विराज लगायत कलाकारहरुको मुख्य अभिनय रहेकाे छ ।
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया