झाडापखलाले महिलाको मृत्यू

झाडापखलाले महिलाको मृत्यू

दैलेख, माघ १७ – दैलेखको महाबु गाउँपालिका वडा नं. २ बडाखोला डुँग्रीमा फैलिएको झाडापखलाले एक महिलाको मृत्यू भएको छ । ५५ वर्षीय रत्ना बिकको मृत्यू भएको बडाखोला स्वास्थ्य चौकीका अहेव पदम खत्रीले बताउनु भयो ।

लगातार ३ दिनदेखि झाडापखलाको क्रममा सुरुमा काठपाते औषधि गरेका र अन्तिम समयमा स्वास्थ्य संस्थामा आएको खत्रीको  भनाई छ । थप उपचारका लागि सदरमुकाम लिंदै गर्दा जाहरकोट पुग्दा आज मृत्यू भएको हो ।

बडाखोलामा अहिले पनि झाडापखलाले ४-५ जना बच्चाहरू बिरामी परेका महाबु गाउँपालिका वडा नं. २ का वडासदस्य पशुपति सुनारले बताउनुभयो ।

झाडापखलाका कारण मृत्यू भएकी रत्ना बिकको ५५ वर्षीय पति पहल बिकलाई सोही ठाउँका ४५ भीमबहादुर रोकाय र महाबु गाउँपालिका वडा नं. १ खरिगैरा निवासी २६ वर्षीय नगेन्द्र खत्रीले गरेको कुटपीटबाट घाइते हुनुभएको छ ।

प्रतिक्रिया