संघको अध्यक्षमा पाण्डे

संघको अध्यक्षमा पाण्डे

दैलेख पौष १९
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ ६ नं. प्रदेश शाखाको पहिलो अधिवेशनले डिल्लीप्रसाद पाण्डेको अध्यक्षतामा कमिटि गठन गरेको छ । बुधवार सुर्खेतमा सम्पन्न अधिवेशनले पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा रमेश केसी, महिला उपाध्यक्षमा देवी आचार्य रहेका छन् । यस्तै संघको सचिवमा टेक प्रसाद आचार्य तथा कोषाध्यक्षमा प्रेम बहादुर वि.क. चयन भएको छन् । संघको सदस्यहरुमा ओमदत्त भारती, चक्र बहादुर शाही, रत्न बहादुर दर्लामी, पहलमान घर्ती रहेका छन् ।
अधिवेशन पछि संक्षिप्त प्रतिक्रीया दिदै संघका उपाध्यक्ष रमेश केसीले प्रदेश नं. ६ मा १८ वटा पशुपक्षी औषधी व्यवसाय दर्ता भएको बताए । उनका अनुसार प्रदेश ६ मा ३ सय भन्दा बढी पसल विना दर्ता संचालनमा रहेका छन् । नेपाल सरकारको दर्ता पक्रियाका लागि झंझटिलो भएकोले सम्पूर्ण व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन कमिटि गठन गरिएको केसीले बताए । उनले सम्पूर्ण व्यवसायीहरुलाई संघमा आबद्ध हुन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया