गीतिएल्वम “सिन्दुर” मा कमल बिष्ट र सारिका केसिको उत्कृष्ट अभिनय

गीतिएल्वम “सिन्दुर” मा कमल बिष्ट र सारिका केसिको उत्कृष्ट अभिनय

दैलेख पौष २०- नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनय मार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न ।

महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छ्न ।

गायिका मुस्कान घिमिरेको एकल अवाजमा रहेको यो गितको शब्द/संगित पनि गायिका घिमिरेकै रहेको छ।गीति एल्बम सिन्दुरलाई बिक्रम चौहानले निर्देशित गरेका छ्न । म्युजिक भिडियोको छयाङ्कन भने प्रकाश खड्काले गरेका हुन । म्युजिक नेपाल प्रालिले बजारमा ल्याएको यस गितलाई मिलन विकले सम्पादन गरेका हुन । माया प्रेमका निकै मार्मिक शब्दले प्रस्फुटीत यो गितलाई धेरौ दर्शक र श्रोताले साथ दिने निर्माण पक्षले अपेक्षा गरेका छ ।

(भिडियोमा हेर्नुहोस)

प्रतिक्रिया