वलु हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

वलु हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

२२ पुस, रुपन्देही –  बसन्त पौडेल बलुको हत्याको विरोधमा आहृवान भएको बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । युवासंघ नेपाल रुपन्देहीले बन्द गरेको हो । बलुको शुक्रबार गोली हानेर हत्या भएको थियो । घटनाको फरार अभियुक्त मनोज पुुनले जिम्मा लिएका छन् ।बन्दका कारण सवारी साधन चलेका छैनन् । यद्यपि सडकमा बन्दकर्ता सडकमा केहीको संख्यामा छन् । बुटवलका चोक चोकमा एमाले कार्यकर्ताहरु देखिएका छन् । सुरक्षाकर्मीको संख्या बाक्लो देख्न सकिन्छ ।

प्रतिक्रिया