जुम्लामा आगलागी हुँदा एकजनाको मृत्यु

जुम्लामा आगलागी हुँदा एकजनाको मृत्यु

जुम्ला, पुस २४ – जुम्लामा आगोले पोलिएर एकजनाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका–४ मालाभिडमा आगोले पोलिएर ४२ वर्षका लक्ष्मीचन्द्र उपाध्यायको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार बिहान उठेर शौचालय गएका उपाध्याय एक्कासी आगलागी हुँदा उहाँको शौचालयमै ज्यान गएको हो ।  नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया