शिक्षक सहकारीको अध्यक्षमा थापा

शिक्षक सहकारीको अध्यक्षमा थापा

दैलेख २५ पौष
शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड दैलेखको ७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । दैलेख सदरमुकाममा सम्पन्न साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष हिमालयजंग शाहाले वार्षिक प्रतिवेदन सहित संस्थाले हाल सम्म गरेको कार्यको विस्तृत विवरण प्रस्तुत गरेका थियो । यस्तै साधारण सभामा संस्थाका कोषाध्यक्ष रुद्र बहादुर थापाले संस्थाको अहिलेसम्मको आय व्यय विवरण प्रस्तुत गर्दै शिक्षक हित वचत तथा क्रण सहकारी संस्था लिमिटेड दैलेखले कूल ९७ लाख १० हजार ७ सय २ रुपैयाँ ६८ पैसाको कारोवार गरेको जानकारी दिएका छन् । कार्यक्रममा संस्थाका सदस्यहरु नर ब। थापा, पुष्पा थापा, कमल देउजा, गणेश रेग्मी , खगेन्द्र श्रैष्ठ, लोमन काफ्ले, जिवराज तिमील्सेना र मिन भट्टराईले लगायतले आफ्ना भनाईहरु राखेका थिए ।
साधारण सभामा सहकारीमा आवद्ध रहेर राम्रा काम गरेवापत शेयर सदस्यहरुमध्ये निर्मला थापा, सुरज जिसी, दिपक हमाल,गीता रेग्मी र शक्तीराम बुढालाई दोसल्ला आढाई सम्मान समेत गरिएको छ ।
यसैबिच शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड दैलेखको अध्यक्षमा रुद्र बहादुर थापा चयन भएका छन् । संस्थाको ७ औं वार्षिक साधारण सभासंगै भएको शेयर सदस्यहरुको भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवगठीत कार्यसमितिको उपाध्यक्षमा निर्मला थापा, सचिवमा घनश्याम थापा, कोषाध्यक्षमा रोसन सापकोटा चयन भएका छन् ।
सदस्यहरुमा भवदा अधकिारी, श्रृजना केसी, अमृत बिक्रम शाही, गणेश बोगटी, गंगाराम रेग्मी, हस्त महतरा र रणदीप बिक चयन भएको छ । सहकारीमा आवद्ध एक सय ८६ जना सदस्यहरुको सभागीता रहेको भेला जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष तेज बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया