९ बुँदे माग राख्दै नेविसंघ दैलेखले बुझायो सरकार विरुद्ध ज्ञापन पत्र

९ बुँदे माग राख्दै नेविसंघ दैलेखले बुझायो सरकार विरुद्ध ज्ञापन पत्र

माग पुरा नभए आन्दोलन चर्काउने चेतावनी

दैलेख ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) दैलेखले  विद्यार्र्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न मागहरु सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लाई बुझाएको छ ।

नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पुर्याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निशुल््क स्वास्थ्य विमाको व्यवस्था, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रिय सदस्य मिरा कटुवालको उपचार खर्च सरकारसँग माग गर्दै आएको थियो ।

नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेविसंघले आफ्ना मागहरु पूरा गराउन सोमबारबाटै दवाव स्वरुप हस्ताक्षर अभियान पनि सुरु गरेको छ । उनीहरुले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

यस्तो छ ज्ञापन पत्र:-

प्रतिक्रिया