२० औं भूकम्पीय सुरक्षा दिवस दैलेखमा पनि मनाइयो

२० औं भूकम्पीय सुरक्षा दिवस दैलेखमा पनि मनाइयो

ज्वालासंदेश समाचारदाता
दैलेख माघ २
२० औं भूकम्पीय सुरक्षा दिवस मंगलबार दैलेखमा पनि मनाइएको छ । दिवसको मूल समारोह समितिले दैलेख सदरमुकाममा र्याली गरि दिवस मनाइएको हो । बिहान ८ बजे स्थानीय गणेश चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा पश्चात देवकोटा चोकमा पुगेर समापन भएको थियो । यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ राखिएको थियो ।

विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको     छ ।
दिवसका अवसरमा दैलेखमा गरिएको कार्यक्रममा दैलेखका संघ संस्थाहरु सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख, सेवक दैलेख लगाएतले सहयोग गरेका थिए । ¥यालीमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुुर थापा, नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्का, विभिन्न गाउँ तथा नगरपालिकाका प्रमुखहरु, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने,प्रहरी प्रमुख सरोज पौडेल, विभिन्न सरकारी तथा गैससका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया