नेपाल मगर संघ दैलेखको अध्यक्षमा थापा

नेपाल मगर संघ दैलेखको अध्यक्षमा थापा

दैलेख माघ २ –नेपाल मगर संघ जिल्ला कार्य समिति दैलेखको अध्यक्षमा नन्द बहादुर थापा मगर चयन भएका छन् । मगर समुदायको महान पर्व माघे सङ्क्रान्तीको अवसरमा दैलेखको महावु गाउँपालिका वडा नम्बर २ को वडाखोलामा आयोजित एक बृहत साँस्कृतीक कार्यक्रमसंगै सम्पन्न भएको सातौ जिल्ला अबिधेशन बाट अध्यक्षमा थापा सर्वसम्मत चयन भएका हुन् ।

अधिबेशनबाट उपाध्यक्षमा भद्र बहादुर थापा मगर, सचिवमा सर्वजित थापा मगर, सह–सचिवमा तुल्सी पुन मगर र कोषाध्यक्षमा रमा थापा मगर चयन भएका छन् । यस्तै संघको जिल्ला कार्यसमिति सदस्यहरुमा जित बहादुर थापा मगर, मन बहादुर रेगामी मगर, सन्त बहादुर देसुवा मगर, राम बहादुर थापा मगर, दलबहादुर पुन मगर, कमला कुमारी थापामगर, अम्मर सारु मगर, आशा सारु मगर, भोजबिर थापा मगर, र अम्बी थापा मगर चयन भएका छन् ।

यसैबिच अबिधेशन पश्चात बाँकी १० जना सभ्य सस्यहरु नेपाल मगर संघ जिल्ला कार्य समिती दैलेखको पहिलो बैठकबाट मनोनित गर्ने निर्णय समेत गरिएको छ । अबिधेशनबाट हरीमाया सारु मगरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा श्याम राना मगर, मन बहादुर थापा मगर, दिप कुमारी पुन मगर र धन बहादुर रामजाली मगर रहेका छन् । सम्पन्न अबिधेशन पश्चात नव निर्वाचीत पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तेज तारामी मगरले समुदायको परम्परागत सँस्कृती, अधिकार तथा र रितीस्थितीलाई अंगाल्दै अगाडी बढ्न अग्रसर बन्नुपर्नेमा जोड दिन सुझाव दिएका छन् ।
यस्तै नेपाल मगर संघका केन्द्रीय सदस्य खगेन्द्र पुन मगरले पनि नया कार्य समितीलाई शुभकामना दिदै अहिलेको आवश्यकता तथा अधिकारका कुराहरुलाई स्थापित गर्नमा महत्वपुर्ण भुमिका खेल्न सक्रिय बन्नुपर्नेमा जोड दिए । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तेज तारामी मगरको प्रमुख आतिथ्त्यतामा भएको माघी बिशेष बृहत साँस्कृतीक कार्यक्रम तथा सातौ जिल्ला अबिधेशन नेपाल मगर संघ दैलेखका कार्यबाहक अध्यक्ष हरीमाया सारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया