जुनियर जेसिजको अध्यक्षमा खत्री

जुनियर जेसिजको अध्यक्षमा खत्री

सुर्खेत, माघ ६ – वीरेन्द्रनगर जुनियर जेसिजको पदग्रहण तथा पदभार कार्यक्रम आज विरेन्द्रनगरमा सम्पन्न भएको छ । विरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८ को लागि नव निर्वा्चित कार्यसमितिहरुलाई वर्ष २०१७ ले पद हस्तान्तरण गरेको हो । हिजो सम्पन्न ११ औ अबिधेशनले वर्ष २०१८ को अध्यक्षमा यज्ञ खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यकारी उपाध्यक्षमा राम वि शाम र दुर्गा शर्मा उपाध्यक्षहरु विवेक खनाल, मिना भण्डारि, बिनोद आचार्य र विनोद न्यौपानेलगायतलाई पद हस्तान्तरण गरि सपथ ग्रहण गराइएको थियो ।

यस्तै वर्ष २०१८का अध्यक्ष यज्ञबहादुर खत्रीले महासचिवमा विवेचना खनाल, कानुनी सल्लाहकारमा टिका प्रसाद ढकाल, कोषाध्यक्षमा दिपक खड्का, सह सचिवमा एकता देबकोटा, शाखा सम्पादकमा खम्बु बोहरा मनोनित गर्नुभएको छ । कार्यक्रम्मा वीरेन्द्रनगर जेसिज वर्ष २०१० का कार्यभाग अध्यक्ष तथा वीरेन्द्रनगर जुनियर जेसिजका मनार्थ सल्लाहकार देबेन्द्र सेजुवाल, वीरेन्द्रनगर जेसिज वर्ष २०१८ का अध्यक्ष विटिहोत्र बसिष्ट, वीरेन्द्रनगर जुनियर जेसिका पुर्व राष्ट्रिय कोर्डिनेटर तथा पुर्व अध्यक्ष हरिलाल खडका, पुर्व राजकुमार सिजापति, पुर्व अध्यक्ष मुना हमाल लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१७ का अध्यक्ष जगतराज अधिकारीको अध्यक्षतामा सम्पन भएको थियो ।।

प्रतिक्रिया