बलात्कार आरोपी जेल चलान

बलात्कार आरोपी जेल चलान

बलात्कारको आरोपमा एक व्यक्तिलाई कारागार चलान गरिएको छ । चार महिनाअघि २० वर्षीया एक युवतीलाई बलात्कार गरी भागेका दुल्लू नगरपालिका–१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । दशैंमा श्रीमति सहित ससुराली गएको बेला नौमूले गाउँपालिकाको एक गाउँमा गत असोज १७ गते साँझ युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थाहा पाई लुक्दै आएका थिए । प्रहरीले ४ महिनापछि पक्राउ गरी अदालतमा पेश गरेपछि भएको थुनछेक बहसमा प्रस्तुत भएका प्रमाणका आधारमा जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट पुर्पक्षका लागि धुना राख्न आदेश भएको दैलेख अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए । थुनछेक बहसमा पीडित किशोरी पक्षबाट जिल्ला सरकारी वकील कौशल ढुंगाना र आरोपित पक्षको प्रतिरक्षा गर्न अधिवक्ता सुरेन्द्र अधिकारीले बहस गरेका थिए । थुनछेक बहसका क्रममा आरोपितले यौन सम्वन्ध भएको स्वीकार गरेका बताइएको छ । घटना लगतै दैलेख जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि यौन सम्वन्ध भएको पुष्टी भएको थियो । जाहेरवाला मेलमिलापको प्रयास गर्न गाउँमा पुगको बेला प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया