१५ बुँदे सममति पछि क्याम्पसमा लागेको ताला खुल्यो

१५ बुँदे सममति पछि क्याम्पसमा लागेको ताला खुल्यो

नारायण क्याम्पस स्ववियु कमिटिले विभिन्न माग राख्दै गरेको तालाबन्दी खुलेको छ । स्ववियु कमिटिले विभिन्न माग राख्दै क्याम्पसमा ताला लगाएपछि क्याम्पस संचालक समितिले बार्ता समिति गठन गरेको थियो । बार्ता समितिको विहिवार बसेको बैठकले स्ववियु कमिटि संग १५ बुँदे सहमति पछि ताला खुलाइएको नारायण क्याम्पस स्ववयिु अध्यक्ष रेखा थापाले जानकारी दिनुभएको छ । सहमति पश्चात क्याम्पसको ताला खुलाइएको स्ववीयू अध्यक्ष रेखा थापा र क्याम्पस संचालक समितिका अध्यक्ष एंव बार्ता समितिका संयोजक टेक बहादुर खाणद्धारा जारि प्रेस विज्ञप्तीमा जनाइएको छ । स्ववियु कमिटिले क्याम्पसमा बढेको शुल्क घटाउनुपर्ने, क्याम्पस तथा साहयक क्याम्पस प्रमुखको दोहोरो पेशाका कारणले क्याम्पसलाई प्रयाप्त समय नदिएको र पठन पाठन नहुने समस्याको समाधान खोजीनु पर्ने, पुस्तकालयमा आवश्यक पुस्तक निश्चित मापदण्डमा दिनु पर्ने, २०६८ साल देखि विद्यार्थी बाट उठेको रकम स्ववियुले पाउनु पर्ने रकम खातामा जम्मा गनुपर्ने ,जम्मा विद्यार्थीको उठेको शुल्कको वार्षिक १५ प्रतिशत छात्रबृत्रीको ब्यवस्था गर्नु पर्ने, विषय बिशषेज्ञ प्रध्यापकको ब्यवस्था गरिनु पर्ने र क्याम्पसको आय ब्यय सार्वजनिक गरिनु पर्ने लगायतका १० बुदे मागहरु राख्दै नारायण क्याम्पस स्ववियुले तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया