बलात्कारको घटनामा संलग्नलाई कार्बाहीको माग

बलात्कारको घटनामा  संलग्नलाई कार्बाहीको माग

 

केहि दिन अगाडी काठमाण्डौको दरवारमार्ग स्थित ल्याडमार्क होटलमा चार जनाको समूहले एक युवती लाई गरेको सामुहिक बलात्कारको घटना प्रति नागरिक समाज दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले घोर भत्सना गरेको छ । विहिवार नागरिक समाज दैलेख र सामाजिक सेवा केन्द्र सोसेक) नेपाल दैलेखले जारि गरेको सयुक्त प्रेस विज्ञप्तीमा उक्त घटनाको भत्सना गरिएको हो । जारि प्रेस विज्ञप्तीमा उक्त घटनामा संलग्न सबैलाई अबिलम्ब कार्बाहीको माग गरिएको छ । उक्त घटना पछि कान्तिपुर दैनिकमा “सामुहिक बलात्कार घटनामा प्रहरी गुपचुप” भन्ने शिर्षमा समाचार प्रकाशित भइसकेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘घटनाको लगत्तै बलात्कारीहरुले एक ट्याक्सी चालकलाई युवतीलाई घर छाडिदिन भनेका थिए । तर युवतीले रोई कराई आफुलाई प्रहरी कहॉ पु¥याई दिन आग्रह गरेअनुसार चालकले युवतीलाई महानगरीय प्रहरी बृत्त कमल पोखरी पु¥याए पनि त्यहाँ घटना तत्काल दर्ता नगरी घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी बृत्त दरवारमार्ग पु¥याएका थिए । तर प्रहरी बृत्त दरवार मार्गले घटनालाई फितलो रुपमा लिई मुख्य आरोपीलाई एक रात थुनामा राखी सुटुक्क छाडिदिएको छ ।’ यसैगरी मुलुकका अन्य जिल्ला र दैलेखमा पनि बलात्कारका घटनाहरु घटिरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मौका छोपी महिला तथा बालिकामाथी बलात्कार हुनु अति नै निन्दनिय हो भएको र यसको जति भत्सर्ना गरेपनि नपुग्ने भन्दै यस्ता घटनाहरुले मुलुकको सुरक्षाको बागडोर सम्हालेर बसेका प्रहरी प्रशासनमाथी नै प्रश्न उठ्नु स्वभाविक भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता घटनामा प्रहरी प्रशासन एवं न्याय मुर्तिहरुनै प्रभावमा परेजस्तो गरी अपराधीहरुलाई सामान्य तारिखमा छाडिदिने कार्य प्रति नागरिक समाज दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले घोर भत्सर्ना गरेको छ । विज्ञप्तीमा अव आइन्दा यस्ता घटना हुन नदिन नागरिक समाज र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गृह मन्त्रालय एवं प्रहरी प्रशासनको ध्यान आकार्षण गराएको छ । साथै घटनाका दोषीहरुलाई चाडो भन्दा चाडो पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न र पिडितहरुलाई उचित न्याय सहितको क्षतिपूर्ति दिलाउनका लागि विज्ञप्तीमा मार्फत माग गरिएको छ ।

प्रतिक्रिया