छाउपडिको विषयलाई पाठ्यक्रममा समावेश गर्न सुझाव

छाउपडिको विषयलाई  पाठ्यक्रममा समावेश गर्न सुझाव

 दैलेख माघ १९दैलेख जिल्लामा जटिल समस्याको रुपमा लिइएको छाउपडि प्रर्था अन्त्यका लागि छाउपडि विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न एक कार्यक्रममा सहभागिले सुझाव दिएका छन् । शुक्रवार दैलेख सदरमुकाममा संचारकर्मीहरु संग यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् ।

केड सुर्खेतको सहयोग तथा महिला शसक्तिकरण मञ्च दैलेखद्धारा आयोजित कार्यक्रममा दैलेखका संचारकर्मीहरुले छाउपडिको विषय पाठ्यक्रममै समावेश गर्न सुझाव दिएका हुन् । किशोरीहरुलाई सुरुको महिनावारी हुनु अगावै विद्यालय शिक्षामा छाउपडि सम्बन्धि जानकारी दिनका लागि सरकारले छाउपडिको विषयलाई आधारभुत तह देखिनै पाठ्यक्रममा समावेश गर्न दैलेखका पत्रकार भक्त शाहीले सुझाव दिएका छन् ।
पुराना रुढीवादी परम्पराका कारण छाउपडि प्रर्था मानिदै आएकोले अबका किशोर किशोरीहरुलाई आधारभुत तह देखिनै छाउपडिको बारेमा ज्ञान दिन छाउपडि सम्बन्धि विषयलाई पाठ्यक्रममा समावेश गर्न सके मात्रै छाउपडि प्रर्था अन्त्य गर्न सजिलो हुने पत्रकार कमल शर्माले बताए ।
पत्रकारहरुले राज्ले छाउपडि प्रर्था सम्बन्धि कानुन बनाएपनि व्यवहारमा कार्यान्वयनमा ल्याउन नसकेको गुनासो गरेका छन् ।
यस्तै दैलेख जिल्लामा पनि आङ खस्ने समस्या विकराल रुप लिन थालेको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तै नेपालमा आङ खस्ने समस्या विकराल रुप लिन थालेको उक्त कार्यक्रममा जानकारी दिइएको थियो । आर्थीक बर्ष २०७०/०७१ मा ३९ हजार ५३ जना महिलाहरुको परिक्षण गरिएकोमा २६ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको थियो । यस्तै आर्थीक बर्ष २०७१/०७२ मा ३७ हजार महिलाहरुमा गरिएको परिक्षणमा २२ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको थियो भने आर्थीक बर्ष २०७२/०७३ मा १४ हजार ८ सय महिलाहरुको गरिएको परिक्षणमा २५ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको केड सुर्खेतका कार्यक्रम संयोजक सिता अर्यालले जानकारी दिइन् । यो तथ्यांक अनुसार नेपालमा महिलाहरुको पाठेघर आङ खस्ने समस्या बढ्दै गएको बताइएको छ ।
आङ खस्ने कारणहरु
महिलाहरुको पाठेघर (आङ) खस्नुका धेरै कारणहरु छन् । सानो उमेरमा विवाह गर्नु, थोरै जन्मान्तरमा धेरै सन्तान जन्माउनु, स्वास्थ्य संस्थामा सुत्केरी नगराई असुरक्षित सुत्केरी गराउनु, गर्भावस्थामा पोसिलो खाना खान नपाउनु, सन्तान जन्मेपश्चातको केहि दिनमै यौनसम्पर्क गर्नु, कुपोषणजस्ता कारणले पाठेघर खस्ने गर्छ । यसका साथै सबैको शिक्षामा समान पहुँच नहुनु, समस्याका बारेमा समयमै जानकारी पाउन नसक्नु, महिलाहरु हिंसामा पर्नु, पितृसत्तात्मक सामाजिक संरचनाका कारण पनि यो समस्या सिर्जना हुने गरेको लक्ष्मी चन्दले जानकारी दिईन ।उनले यो समस्या रोकतथामका लागि केहि विकल्प समेत भएको जानकारी दिईन । उनका अनुसार समस्या सुरु हुने वित्तिकै शारिरीक व्यायाम गर्ने, रिंगप्रेसरी लगाउने, जडिवुटीहरुको प्रयोग गर्ने नभए अप्रेसन गरेमा समस्याबाट मुक्ति पाईन्छ ।

कार्यक्रमका सहभागिहरुले विवाहको दर बढ्दै गएको बताएका छन् । यसरी वालविवाह हुनुको प्रमुख कारण धार्मीक तथा पारम्परिक कारण नै प्रमुख रहेको सहभागिहरुले बताए । यस्तै आर्थिक स्थिति कमजोर हुनु, सामाजिक दवाव हुनु, अन्र्तजातीय विहे, कानुनी व्यवस्थाको जानकारी नहुनु र प्रविधिको गलत प्रयोगका कारण बालविवाह नियन्त्रणमा आउन नसकेको सहभागिको भनाई थियो ।

बालविवाहका कारण किशोरीहरुले शिक्षा पाउन नसक्ने, स्वास्थ्य अवस्था कमजोर हुने, आर्थिक रुपमा आत्मनिर्भर बन्न नसक्ने, सामाजिक र पारिवारिक समस्या समेत झेल्नु परेको कार्यक्रको निष्कर्ष थियो । संस्थाका कार्यक्रम संयोजक सीता अर्यालले दैलेख जिल्लाका ७ वटा वडामा बालअधिकार र पाठेघर खस्ने समस्याका बारेमा आफूहरुले काम गर्दै आइरहेको बताईन । उनले जिल्लामा कार्यक्षेत्र रहेका विभिन्न् स्थानीइ तहहरुले बालअधिकार र पाठेघर खस्ने समस्याका बारेमा चेतनामmुलक कार्यक्रम संचालन गर्नका लागि बजेट विनियोजन भएको जानकारी दिईन ।
कार्यक्रममा महिला शसक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले समाजमा रहेका कुरिति र कुसस्कारहरुलाई न्यूनिकरण गर्न सबैको हातेमालो जरुरी रहेको बताइन् । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले कुसस्कार र कुरिति विरुद्ध कलम चलाउन दैलेखका संचारकर्मीहरु कहिल्यै पनि पछि नपर्ने दावी गरे ।

प्रतिक्रिया