नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा थापा

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा थापा

नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले लवराज थापाको अध्यक्षतामा ८ सदस्यीय किमिटी गठन गरिएको छ । संगठनको उपाध्यक्षमा तिर्थराज अधिकारी, महिला उपाध्यक्षमा कृष्णा कुमारी रेग्मी, सचिवमा बखत बहादुर बुढा, कोषाध्यक्षमा शेर बहादुर राना, सह–सचिवमा देव कुमारी शर्मा, महिला सह–कोषाध्यक्षमा निता आचार्य सदस्यहरुमा ११ वडा मध्ये ८ वडामा वडा सदस्य गठन गरिएको छ जस अन्तर्गत वडा नं. १ मा हरिप्रसाद नयौपाने, २ मा कल्पना गौतम, ३ देवीराम आचार्य, ४ मा लिलाराम न्यौपाने, ६ मा द्धारीका शर्मा, ७ मा डम्बर बहादुर बस्नेत, १० लाल बहादुर गुरुङ र ११ मा मान बहादुर कटुवाल सदस्यमा चयन भएका छन् ।

अधिवेशनले प्रदेशसभामा जानको लागि कमला देउजा, पदम बहादुर थापा, गीता रेग्मी र गंगा खड्कालाई छानौट गरिएको छ । प्रमुख अतिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य याम प्रसाद उपाध्यायले शैक्षिक क्षेत्रका बिभिन्न समस्याहरु समाधान गर्न आफू लगायत सबै नव निर्वाचित पदाधिकारीहरुको महत्वपूर्ण भूमिका रहने बताए
विशेष अतिथिमा दैलेख क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य राज बहादुर बुढाले जिल्लामा देखिएको शैक्षिक समस्याहरु समाधान गर्न आफू तयार रहने बताएका छन् ।पूर्व नगर समितिका अध्यक्ष लोकैन्द्र जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया