भड्किलो चुनाव प्रचार प्रसार

भड्किलो चुनाव प्रचार प्रसार

दैलेख सदरमुकाममा यहि माघ २९ गते देखि दैलेख साँस्कृति महोत्सब संचालन हुँदैछ् । त्यसको केहि दिन अघि माघ २५ र २६ गते दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशन हुँदैछ । जिल्लामा बर्षको एक पटक लाग्ने महोत्सबको भन्दा चुनावको प्रचार प्रसार धेरै छ । गत बैशाष ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचन जत्तिकै तामझाका साथ उद्योग बाणिज्य संघको निर्वाचनको प्रचार प्रसार गरिएको छ । दैलेख सदरमुकाम लगाएत जिल्लाका हरेक साना व्यापारिक केन्द्रहरुमा फलेक्स प्रिन्ट र व्यानरहरुले रंगिएको छ ।
विगतमा हुने दैलेख उद्योग बाणिज्य संघको निर्वाचन भन्दा यस पटकको निर्वाचन भड्किलो भएको जनस्तरबाट गुनासोहरु आउन थालेका छन् । जिल्लाको समग्र उद्योगी, व्यापारिहरुको प्रतिनीधित्व गर्ने साझा संस्था उद्योग बाणिज्य संघको निर्वाचनलाई यसरी भड्किलो बनाउन नहुँले स्थानीय बासीहरु बताउछन् ।
निर्वाचनका लागि प्रर्चा पम्पेलेट मात्र नभई जिल्लाका हरेक साना व्यापारिक केन्द्रहरुमा पुग्नका लागि थुप्रै सवारी साधनहरु प्रयोग भइरहेका छन् । दैलेख उद्योग बाणिज्य संघ दैलेखको निर्वाचनमा यस पटक दुई वटा प्यानल बनाएर छुट्टा छुट्टै निर्वाचनमा होमिएका छन् । निर्वाचनमा प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानल र साझा उद्यमी व्यवसायी प्यानल बनाएर चुनाव प्रचार प्रसारमा होमिएका छन् । निर्वाचनमा होमिएको एउटा शसक्त प्यानल प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट अध्यक्षका लागि हालमा महासचिव नरेन्द्र थापा मैदानमा उर्तिएका छन् भने साझा उद्यमी व्यवसायी प्यानलको तर्फबाट हालका बाणिज्य उपाध्यक्ष कुल बहादुर वि.क. चुनावी मैदानमा छन् । उनिहरुले जिल्लाका उद्यमी व्यापारिहरु संग पुगेर विभिन्न प्रतिबद्धताहरु गर्दै भोट मागिरहेका छन् ।
प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट अध्यक्ष पदका लागि मैदानमा उर्तिएका हालमा महासचिव नरेन्द्र थापाले विगतभन्दा अहिले अलि अलि बाहिर कुरा आएजस्तै देखिएको बताए । प्रतिष्पधीले गरेपछि आफु पनि बाध्य भएर प्रचारमा जानु परेको उनि बताउछन् । हामीले रोक्ने प्रयास गरेको छौ र हामी बढी खर्च गर्ने र चुनावलाई भड्किलो बनाउने पक्षमा नभएको उनको दावी छ । यस्तै साझा उद्यमी व्यवसायी प्यानलको तर्फबाट हालका बाणिज्य उपाध्यक्ष कुल बहादुर वि.क.ले विगतको निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा केहि भड्किलो हुन पुगेको स्वीकार गर्छन ।

२०७४ माघ २१ गते प्रकाशित

प्रतिक्रिया