दुर्गम गाउँमा आयोडिन नुनबारे जानकारी नै छैन

दुर्गम गाउँमा आयोडिन नुनबारे जानकारी नै छैन

दैलेख/जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख लक्ष्मी कुमारी शाहले दुुर्गम गाउँमा आयोडिनको प्रयोग वारे सचेतना फैलाउनु पर्ने बताएकी छिन् । जिल्ला स्वास्थ्य कार्यालय दैलेख र एभरेष्ट क्लव दैलेखको सहजीकरणमा संचालन भएको सु–आहारा कार्यक्रले आयोजना गरेको आयो नुन दिवसको अवसरमा उनले उक्त कुरा बताएकी हुन । सडकका पहुँच भएका ठाउँमा आयोडिनको प्रयोग भएपनि दुर्गम गाउँमा आयोनुन खादा हुने फाइदाका बारेमा जानकारी पाउन नसक्दा गाउँमा आयोडिनको प्रयोग हुन नसकेको भन्दै त्यस तर्फ ध्यान दिन उनले आग्रह गरेकी हुन ।


जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा.शोभित थापाले आयो नुन बारे जनचेतना फैलाउन र आयोडिनको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी दिदै आयोडिन दिवस मनाउन जिल्लाका ११ वटै तहमा आवश्यक पर्ने बजेट पठाएको बताए । उनले गर्भवती, बालबालिका तथा अन्य सबैले सही पोषणका लागि दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नून मिसाएको खानेकुरा र “दुई बालबालिकाको चिन्ह” भएको प्याकेटको नुन शुद्ध हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडीन भएको नुनलाई दिने प्रमाणीत चिन्ह भएकाले सोही अनुसार प्रयोग गर्नु पर्ने बताए । नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेत, सुआहारा कार्यक्रमको जिल्ला कार्यक्रम सयोजक रजनी चौधरीले आफ्नो धारणा राख्दै आयोडिनको प्रयोग र फाइदाका बारेमा जानकारी गराएका थिए । आयोनुन दिवसको अवसरमा महिला स्वास्थ्य स्वयमसेबिकालाई समेत वितरण गरिएको छ । महिला स्वास्थ्य स्वयमसेबिका मार्फत समुदायमा आयोनुनको प्रयोगको मात्र बढ्ने भएकाले पनी उनीहरुलाई बितरण गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक सन्देश भट्टराईले बताए ।

प्रतिक्रिया