असी वर्षको उमेरमा नागरिकता !

असी वर्षको उमेरमा नागरिकता !

दैलेख, माघ २३ – भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहलतोलीकी बृद्धा धनसरा बिकले ८० वर्षको उमेरमा आज नेपाली नागरिकता प्राप्त गरेकी छिन् । आवश्यक कागज प्रमाण पु¥याई आएकोले उहाँलाई नेपाली नागरिकता दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।
मजदूरी गर्दै भारतको सिमलामा बस्तै आएका कान्छो छोराको साथमा हुनुभएकोले यो उमेरसम्म उनले नेपाली नागरिकता पाएकी थिइनन् । अब मेहलतोलीमै बस्तै आएका जेठो छोरासंगै बस्ने गरी आएको मौकामा यो बेला नेपाली नागरिकता लिएको धनसराले सुनाइन् ।
भारत प्रवासमा रहनुभएको बेला चासो नरहेपनि अब नेपालमै बस्ने गरी आएपछि आवश्यक ठानेर ती बृद्धा नेपाली नागरिकता लिन आएको आफूले बुझेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।
धनसरा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उहाँको जन्म मिति १९९४ जेठ २१ गते उल्लेख भएको छ । उनका पति मनबीर कामीको १६ वर्ष अघि भारतमै निधन भएको थियो ।

प्रतिक्रिया