विभेद बिरुद्ध प्रहरीमा जाहेरी

विभेद बिरुद्ध प्रहरीमा जाहेरी

दुल्लू नपा–१०गमौडीकी ३५ वर्षीया बालकुमारी नेपाली माथि सोही ठाउँका २८ वर्षीय जीतबहादुर सिंह र २८ वर्षकै उपेन्द्रबहादुर सिंहले विभेद गरेको भन्दै बुधवार प्रहरीमा मुद्दा परेको छ ।
माघ २२ गते राजाकाँधस्थित गणेश सिंहको पसलमा सामान किन्न जाँदा पानी खान खोज्दा लोटा छोएको भन्दै जीतबहादुर र उपेन्द्रले जातीय हिसावले अपमान गर्दै गाली गलौज गर्नुसंगै यौन आशयले आपत्तिजनक शब्द प्रयोग गरेको पीडित महिलाले सुनाइन् ।
पीडित महिलाले आफू माथि भएको अपमान बारे वडा कार्यालयमा हिजो दिएको निवेदनमा छलफल गराउदा समेत गल्ती स्वीकार्नुको सट्टा कचहरीमै बसेको बेला समेत महिला माथि आक्रमणको प्रयास गरेको कार्यवाहक वडाध्यक्ष लालबहादुर थापाले बताए ।
सो विषयमा पीडित महिलाले बुधवार जिल्ला प्रहरी कार्यालय दैलेखमा जातीय विभेद बिरुद्धको जाहेरी दिएकी छिन् । प्रहरीले घटनाको छानबिन गर्ने वचन दिएको बालकुमारीका देवर रत्नबहादुर नेपालीले बताए । पीडित महिलाका पति मजदूरीको क्रममा भारतमा छन् ।

प्रतिक्रिया