महोत्सबको तयारी अन्तिम चरणमा

महोत्सबको तयारी अन्तिम चरणमा

जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समाहरोह समितिले जानकारी दिएका छन् । जिल्ला भित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सबको आयोजना गरिएको हो । यही माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । पर्यटन, स्थानीय कला संस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सव मुल समाहरोह समितिका संयोजक गोविन्द केसी जानकारी दिए । दैलेखका पञ्चकोशी लगायतका धार्मिक तथा ऐतिहासिक स्थलकहरुको अवलोकनका लागि बाह्य पर्यटकहरुलाई थप प्रोत्साहिन गर्ने अपेक्षा राखिएको केसीले बताए ।
महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आर्थीक तथा कलाकार संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे ( माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका कलाकारहरुको प्रस्तुती रहने अनुरागले जानकारी दिए ।
उनका अनुसार महोत्सबको दैलेख आउने कलाकारहरु तथा अतिथीहरुलाई दैलेखका पंचकोशि क्षेत्र लगाएतका सास्कृति धार्मीक स्थलहरुमा अवलोकन गराई दैलेखको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने लक्ष राखिएको छ ।
उनका अनुसार ८ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय स्टल रहने र १२ लाख दर्शकहरुले अवलोकन अनुमान गरिएको छ । महोत्सव अवधिमा करिव १ करोडको कारोबार हुने अपेक्षा राखिएको आर्थीक संयोजक अनुरागले जानकारी दिए । महोत्सवमा जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने उनले बताए ।
अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीय ब्यपारिका लागि मात्र स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ । महोत्सबका लागि दैलेख जिल्लामा ११ वटै स्थानीय तह लगाएत सुर्खेत सम्म पनि प्रचार प्रसार गरिएको प्रचार प्रसार संयोजक गोविन्ददेव भारतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया