महोत्सब स्थलमा फ्री वाइफाई

महोत्सब स्थलमा फ्री वाइफाई

अनाथ बालबालिकाको सहयोगार्थ संचालनहुनलागेको दैलेख साँस्कृति महोत्सब स्थल काँडाचौरमा फ्रिवाइफाईको सुविधा दिइने भएको छ । यहि माघ २९ गते सोमवारबाट सुरु हुने साँस्कृति महोत्सबमा आउने दर्शकहरुको सुविधाको लागि फ्रिवाइफाईको व्यवस्था गरिएको महोत्सब संयोजक गोविन्द केसीले जानकारी दिएका छन् । उनका अनुसार महोत्सब स्थलको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिने भएको छ । व्यापापिरक प्रयोजनका लागि राखिएको स्टल, मञ्च तथा बाहिरी सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको केसीले बताए ।
दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य रविन्द्र राज शर्मा द्धारा उद्घाटन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समाहरोह समितिले जानकारी दिएका छन् ।
पर्यटन,स्थानीयकला सँस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सव मुल समारोह समितिका संयोजक केसी जानकारी दिए । महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आर्थीक तथा कलाकार संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्रीपंगेनी, केदार घिमिरे ( माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका राष्ट्रिय तथा स्थानीय स्तरम ाचर्चित कलाकारहरुको प्रस्तुती रहने अनुरागले बताए । अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीय ब्यपारिका लागि मात्र स्टल उपलब्ध गराएको आयोजकले जनाएको छ ।
जिल्ला भित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सबको आयोजना गरिएको हो । माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । ८ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय स्टल रहने र १२ लाख दर्शकहरुले अवलोकन अनुमान गरिएको छ । महोत्सवमा जिल्लाका ११ वटा स्थानीयतहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने उनले बताए ।

प्रतिक्रिया