नवलपरासीमा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

नवलपरासीमा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.१४ गंगाबस्तिको गंगा मा.वि.मा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएको छ। बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा प्रतियोगीता गरिएको हो । गंगा ग्रिन बाल क्लबकि अध्यक्ष सुनिता सुबेदीकाे अध्यक्षतामा तथा गंगा मा.बि का निमित प्र.अ श्रीकान्त गाैडकाे प्रमुख अातिथ्यतामा रहेको थियो । कार्यक्रममा बाेल्दै प्र.अ गाैडले बालबालिका भनेकाे देशका कर्णधार हुन ।

बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक ,अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता अान्तरिक कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। प्रतियाेगितामा गंगा मा.बि का कक्षा ६ देखि कक्षा ९ सम्म ६ अाेटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा मनिश बि.क,पुजन राना मगर,सिर्जना परियार (प्रथम) अन्जलि चाैधरी,रबि सुवेदी,राेशन नेपाली र (दृतिय)सिमा भुषाल,बिष्णु न्याैपाने,अनिता तमाङ (तृतिय) स्थान हासील गरेका थिए । बिजेता हुनेलाई डायरी डटपेन र सामान्यज्ञनान पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा गंगा मा.बि काे शिक्षक इन्द्र प्रसाद घिमिरे ,भागिरथि सुवेदी,केशवराज शर्मा ,पुष्पा शर्मा बिकल्पका स्वास्थ्य परिचालिका कमला फुल्देल ,बिष्णु अधिकारी लगाएतले बाेल्नुभएकाे थियो

प्रतिक्रिया