बालविवाह र छाउपडिको अभियान संचालन

बालविवाह र छाउपडिको अभियान संचालन

गुराँस गाउँपालिकाको वडा नं. ३ सेरीमा बालविवाह र छाउपडि प्रर्था विरुद्ध अभियान थालिएको छ । अभियान अन्तरगत आइतवार सेरीमा र्याली सहितको कार्यक्रम संचालन गरिएको छ । छाउपडि र बालविवाहले न्यूनिकरण गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा गुराँस गाउँपालिका वडा नं. ३ सेरीका वडा अध्यक्ष वडा सदस्यहरु, भित्रका सम्पूर्ण विद्यालयमा विद्यार्थीहरु, विद्यालयका शिक्षकहरु, वडा स्तरिय बाल संजाल, बालक्लब लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै गुरास गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गंगाराम खत्रीले वडा भित्र बाल विवाह तथा छाउपडि प्रर्थाको न्यूनिकरणका लागि वडापालिकाले अभियाननै संचालन गर्ने तयारी गरेको बताए । उनले बाल विवाह र छाउपडि प्रर्था न्यूनिकरणका लागि वडाले गर्नुपर्ने जस्तोसुकै सहयोगहरु गर्न तयार रहेको बताउदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले वडामा पराम्परागत रुपमा मानिदै कुसस्कार र कुरिती विरुद्ध वडाबासी एकजुट हुन आवश्यक रहेको बताएका थिए । उनिहरुले छाउपडि प्रर्था बालविवाह नरोकिए सम्म वडाको समग्र विकासमा नकारात्मक असर पर्ने बताउदै यसको न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी निकायहरु हातेमालो गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।
सेभ द चिल्ड्रनको र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित सहयात्रा परियोजनाले कार्यक्रमलाई सहयोग गरेको थियो भने वडा वाल मंचले कार्यक्रमको आयोजना गरेको थियो । गुरास गाउँपालिका वडा नं. ३ सेरीका वडा अध्यक्ष गंगाराम खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा बाल संजालका अध्यक्ष अनिता विकले गरेको जनाइएको छ ।

प्रतिक्रिया