आज देखि साँस्कृतिक महोत्सब हुँदै

आज देखि साँस्कृतिक महोत्सब हुँदै


आज देखि संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबको सम्पूर्ण तयारी पुरा भएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माद्धारा उद्घाटन गरिने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो, मञ्चको घेरवार तथा व्यवस्थापन लगाएतका सम्पूर्ण कामहरु सकिएको महोत्सव मुल समाहरोह समितिले जानकारी दिएका छन् ।
अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबमा फ्रि वाइफाईको सुविधाका लागि महोत्सब स्थल काँडाचौरमा वाइफाई जडान गरिसकेको महोत्सबका प्रायोजक एंव एभरेष्ट वाइफाईका संचालक बसन्त वलीले जानकारी दिएका छन् । महोत्सब स्थलमा वाइफाई संगै सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिसकेको वलीले जानकारी दिएका छन् । सिसि क्यामेराको निगरानी प्रहरीले गर्ने वलीले बताए । व्यापारिक प्रयोजनका लागि राखिएको स्टल, मञ्च तथा बाहिरी सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको महोत्सबका संयोजक गोविन्द केसीले जानकारी दिएका छन् । साँस्कृति महोत्सबमा आउने दर्शकहरुको सुविधाको लागि फ्रि वाइफाईको व्यवस्था गरिएको महोत्सब संयोजक केसीले बताए ।
पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आर्थीक तथा कलाकार संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे (माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने अनुरागले बताए । अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीय ब्यपारिका लागि मात्र स्टल उपलब्ध गराएको आयोजकले जनाएको छ ।
जिल्ला भित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सबको आयोजना गरिएको हो । माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । ८ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय स्टल रहने र १२ लाख दर्शकहरुले अवलोकन अनुमान गरिएको छ । महोत्सवमा जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने उनले बताए ।

प्रतिक्रिया