गायक एस कुमारको हंगामा

गायक एस कुमारको हंगामा

फागुन महिनाका पहिलो दिन । त्यसमा पनि हिन्दु नेपालीहरुको लागि शिवलरात्री पर्वको छुट्टै रौनक । गित, संगित, मेला र महोत्सब भने पछि हुरुक्कै हुने दैलेख बासी । शिवरात्री संगसंगै दैलेखमा सोमवार देखि संचालन भएको दैलेख साँस्कृतिक महोत्सबको रौन पनि उत्तीकै । महोत्सबको दोस्रो दिन नेपालको सांगितिक क्षेत्रमा चर्चित गायक एस कुमार आउने खबर पाएपछि शिवरात्रीलाई पन्छाउदै महोत्सब आएका दर्शकहरुले महोत्सब स्थल भरिभराउ भइसकेको थियो । नेपाली

सांगितिक क्षेत्रका चर्चित गाएक यस कुमारको वेग्र प्रतिक्षामा रहेका दर्शकहरुको प्रतिक्षाको घडि एकै सिछमा सकियो । स्थानीय कलाकारहरुले पस्तुती दिँदा दिदै गायक एस कुमार र गायिका स्मृती शाही आइपुगे । दर्शकहरुको भिडलाई छिचोल्दै गायक एस कुमार स्टेसमा पुग्दा नपुग्दै दर्शकहरुको हुटिंगले महोत्सब स्थल काँडाचौर नै रंगमञ्च जस्तै बन्यो । नेपाली संगीत क्षेत्रका परिचित पात्र यश कुमार गायक, नायक, निर्माता, संगीतकार, गीतकार र निर्देशकको रुपमा पपिरचित छन् । तर, गायकको रुपमा धेरै चर्चित भए यशकुमार । मायाको डोली, मलाई छोडेर तिमी, नरुने आँखा, मैले छोएको पानी चल्दैन, जानी जानी आइनौं लगायत दर्जनौं गीत गाएका एस कुमारका गित सुनेर दर्शकहरु एकाग्र भए ।
उनले गित बाटै जातिय छुवाछुतको बारेमा चर्चा समेत गरे । गायक यशकुमारको चर्चित गित मैले छाएको पानी चल्दैन लगाएतका गितहरु लगातार गाए । उनलाई चर्चित गायिका स्मृती शाहीले साथ दिएकी थिइन् । महोत्सबको दोस्रो दिन मंगलवार गायक एस कुमार संगै चर्चित गायिका स्मृति शाही, दैलेखका स्थानीय डान्स क्लबहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग तथा जिल्लाको पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र गर्ने उदेश्यले सोमवारबाट सुरु भएको दैलेख साँस्कृतिक महोत्सब ८ दिन सम्म संचालन हुनेछ । महोत्सवमा १ सय स्टल राखिएको छ । जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकीहरु समेत प्रदर्शनमा राखिएका छन् । महोत्सबमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तुहरु विक्री वितरणका लागि राखिएका छन् ।

प्रतिक्रिया